Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुसले युक्रेनमा गरेको ‘अहिलेसम्मकै ठूलो’ मिसाइल आक्रमणमा ३० जना मारिएका छन्। रुसले हिजो शुक्रबार बिहानै युक्रेनको राजधानी किभ, ओडेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गरेको थियो ।

आक्रमणमा ३० जनाको मृत्यु हुनाका साथै १६० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। रुसले आफ्नो भण्डारमा रहेका लगभग सबै हतियार प्रयोग गरेर प्रसूति अस्पताल र घरहरुलाई लक्षित गरेर आक्रमण गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।

युक्रेनी वायुसेनाका प्रवक्ताले एकैपटक यति धेरै मिसाइल आक्रमण आफूले कहिल्यै नदेखेको बताएका छन्। पछिल्ला महिनाहरुमा किएभको हवाई सुरक्षामा व्यापक सुधार गरिएको बताइन्थ्यो। तर शुक्रबारको आक्रमणमा हवाई सुरक्षा प्रणाली निस्प्रभावी देखियो।

 

तपाईको प्रतिक्रिया