Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाको ललितपुरको ग्वार्कोस्थित कार्यालय अगाडि केही युवाहरु शुक्रबार बिहानदेखि नै प्रदर्शनमा थिए।

उनीहरू सिप विल्डिङ (वाइरिङ लगायतका क्षेत्र)मा लिएको भाषा परीक्षामा अनुत्तीर्ण भएका थिए। उनीहरूले पुन: परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि ईपीएसको कार्यालय आसपासमा भेला भएर विरोध प्रदर्शनमा उत्रिएका थिए।

मध्याह्न हुँदै गएपछि भने प्रदर्शन उग्र बन्यो। ईपीएस कोरिया शाखाको कार्यालय अगाडि भेला भएका युवाहरु मुख्य सडक (चक्रपथ) तिर सोझिए। उनीहरुले सडकमा यातायातका साधनहरुको आवागमन अवरुद्ध पारे।

त्यसै क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि पनि आगजनी गरियो । गाडीमा लागेको आगो दमकल र सुरक्षाकर्मीको सहायतामा निभाइएको थियो। घटनापछि ग्वार्को क्षेत्र तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया