Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

काठमाडौं – दक्षिण कोरियामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । एक साताको अवधिमा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

गत आइतबार कोरियाको गजेदोस्थित एक कम्पनीमा कार्यरत सोलुखुम्बुको नेचासल्यन गाउँपालिका-५ सितादु घरु भएका रञ्जन राईको सुतेकै अवस्थामा मृत्यु भएको छ । सोलुखुम्बु सेवा समाजका पूर्व उपाध्यक्षसमेत रहेका रञ्जन राईको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

यसअघि नुवाकोटको दुप्चेश्वर-२ बोल्गाङ निवासी पासाङ श्याङ्बाको मृत्यु भएको थियो । गत शुक्रबार छुङनाम येसान सीस्थित कम्पनीमा दुर्घटनामा परि उनको मृत्यु भएको बताइएको छ । छनानमा कार्यरत पाँचथरको लिगिम्बाका नरेन्द्र केरुङको पनि सुतेको अवस्थामा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया