समाचार सुन्नुहोस :
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रमभङ्ग गर्दै थप काम सुरू गर्ने बताएका छन् । शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गरेका हुन् । ‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । अब नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु, म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।
उनले नेपालमा धेरै सम्भावनाहरू रहेको पनि बताए । ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ’, उनले भने, ‘यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा ।’ प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरे।