Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको बताएको छ । क्यानडाकी विदेशमन्त्री मेलाइनी जोलीले भारतीय कूटनीतिज्ञलाई सोमबार देश निकाला गरेकोबारे जानकारी दिएकी हुन् ।

क्यानडाबाट निकालिएका भारतीय कूटनीतिज्ञबारे विस्तृत जानकारी दिइएको छैन । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता हर्दिप सिंह निज्जारको हत्यामा भारतीय संलग्नता रहेको हुनसक्ने बताएकै दिन ती कूटनीतिज्ञलाई नयाँ दिल्ली फिर्ता पठाइएको हो ।

प्रधानमन्त्री ट्रुडोले क्यानडेली संसद्लाई सम्बोधन गर्दै हत्यामा भारतीय संलग्नता रहेकोबारे आफूहरुले सूचना फेला पारेको बताएका थिए । क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो । ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्धारा अगाडि निज्जरलाई गोली हानिएको थियो ।

निज्जरलाई खालिस्तान अभियानको नेतृत्वकर्ता मान्ने गरिएको थियो । भारतीय राज्य पंजाबलाई भिन्दै देश (खालिस्तान) बनाउनु पर्ने माग राख्दै विभिन्न समूहले अभियान चलाउँदै आएका छन् । ‘विदेशीको संलग्नतामा एक क्यानडेली नागरिकको क्यानडेली भूमिमा हत्या हुनु भनेको हाम्रो सार्वभौमितामाथिको हस्तक्षेप हो,’ क्यानडाको तल्लो सद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै ट्रुडोले भने, ‘यो हत्या स्वतन्त्र र लोकतान्त्रिक समाजको आधारभूत मान्यता विपरीत छ ।’

निज्जार आफ्नो सवारी साधनभित्रै रहेका बेला मास्क लगाएका दुई हतियारीधारीले उनीमाथि गोली प्रहार गरेका थिए । बीबीसीका अनुसार गोली प्रहार हुँदा निज्जर भ्यानकुभर सहरबाट करिब ३० किलोमिटर पर रहेको गुरुद्धाराको व्यस्त पार्किङस्लथलमा थिए । हत्या हुनुअघि निज्जरलाई पटक पटक धम्की दिइएको बीबीसीमा उल्लेख छ । भारतले निज्जरलाई आतंकवादीको सूचीमा राखेको थियो ।

तपाईको प्रतिक्रिया