Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – जिल्ला अदालत काठमाडौंले ललिता निवास अपचलन प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुरगुरुङ सहित १८ जनालाई हिरासतमा राख्न सिआईबीलाई अनुमति दिएको हो ।

उक्त प्रकरणमा अहिले हिरासतमा रहेकाहरु मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हुन् ।

यसअघि साउन ३१ मा थप भएको म्याद सकिएपछि सिआईबीले म्याद मागेको थियो । सिआईबीले सो प्रकरणको अनुसन्धान सकेको जनाएको छ । आजै साँझसम्म आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्ने सिआइबीको तयारी छ ।

 

तपाईको प्रतिक्रिया