Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने दिनको टुंगो लागेसँगै मन्त्री पद र महंगो मूल्यमा मत किन्न खोजिरहेको हल्ला सुनेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मत खरिद गर्न प्रदेशसभा सदस्यको घरदैलोमा पुगेर मन्त्री पद र १० करोडको प्रस्ताव गर्दै गरेको हल्ला काठमाडौंसम्मै आइपुगेको बताएका हुन्।

अध्यक्ष लिङ्देनले फेसबुकमा लेखेका छन, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला केटीएमसम्मै आइपुग्यो त।’ कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने तय भएको छ। गत साउन १६ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मत लिन लागेका हुन्।

हाल मुख्यमन्त्री थापासहित सत्ता गठबन्धनमा ४७ सदस्य छन्। जसमा नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीबाट १ जना सांसद रहेका छन्। विपक्षमा नेकपा एमालेका ४० र राप्रपाका ६ सदस्य छन्। कोसीमा राप्रपा निर्णायक छ। गत असार मध्यमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वास मत नपाएपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। तत्कालीन एमाले सरकार ढलेपछि कांग्रेसका कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

तपाईको प्रतिक्रिया