समाचार सुन्नुहोस् :
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ लाई नभेट्ने भएका छन् । यसअघि बाबा शास्त्रीले शनिबार बिहान ९ बजेपछि प्रधानमन्त्रीलाई भेटेर शास्वतधामतिर लाग्ने कार्यक्रम थियो। तर, प्रधानमन्त्री ‘प्रचण्ड’ले नभेट्ने भएपछि उनी त्यत्तिकै फर्किने भएका हुन् ।
शास्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले पनि उनलाई भेट्न समय नदिएको स्रोतले बताएको छ । चौधरी ग्रुपले नेपाल ल्याएको शास्त्रीलाई सरकारले भारतको ‘वाई सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्चको प्रबन्ध चौधरी ग्रुपले गर्ने बताइएको छ ।