Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन् । रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन्। भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले हिजो पक्राउ गरेको थियो।

अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज छाडिएको जनाएको छ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई रिहा गरिएको हो। सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ। तर उनलाई पक्राउ गर्नुपर्ने आवश्यक नदेखिएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया