Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – बुधबारदेखि सुरु हुने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएकाले आज बोलाइएको पदाधिकारी र केन्द्रीय समिति बैठक स्थगित भएको महामन्त्री गगन थापाले जानकारी दिए। बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ।

आज स्थगित भएको बैठकलाई कांग्रेसले साउन २ गते बोलाउन तयारी गरेको छ। तर औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। एक वर्षपछि बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा पार्टीको नीति महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। कांग्रेसले २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनले नेतृत्वमात्रै चयन गरेको थियो ।

६ महिनाभित्र नीति महाधिवेशन गर्ने भनिए पनि डेढ वर्षसम्म मितिसमेत तय हुन सकेको छैन। सभापति देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका थिए।

 

तपाईको प्रतिक्रिया