Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभाको बैठक अबरुद्ध गरेपछि मिटर व्याज सम्बन्धी अध्यादेश निष्कृय भएको थियो ।अध्यादेश निष्कृय भएपछि मिटरव्याज पीडितहरु आन्दोलनमा छन् । यसैबीच हिजो आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका
थिए । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितका लागि बनेको आयोगमार्फत न्याय दिलाउने बताएका हुन्।

मिटरब्याजविरूद्धको विधेयक संसदमा रहेको भन्दै पारित गर्ने प्रक्रिया अघि बढाउने उनले बताए। ‘अध्यादेशको अवधि सकिएको कारणले अध्यादेश निष्क्रिय भएको छ। त्यसैले चिन्तित हुनुभएको होला। तपाईहरुलाई भन्न चाहन्छु। विधेयक संसदमा छ। अस्वीकार भएको होइन। विधेयक पारित गर्न योग्य छ,’ उनले भने, ‘न्यायको आन्दोलनलाई कुनैपनि हालतमा पूरा नगरी छोडिने छैन। तपाईंहरु ढुक्क भए हुन्छ।’

उनले अध्यादेश जारी गर्नु अघि नै मिटरब्याजीलाई छानबिन गरेर पीडितलाई न्याय दिन आयोग बनाएको पनि उनले बताए। आयोगमा दिएका २५ सय उजुरीमा छानबिन भएर १५ सय जति छानबिन भएर पीडितलाई न्याय दिलाउने गरी पीडितको पक्षमा फैसला भएको बताए। यसैबीच गृह मन्त्रालयले सरकार र आन्दोलनकारीबीच भएको संझौता अनुसारको जग्गा मिटरव्याज पीडितहरुलाई उपलब्ध गराउन जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको छ ।

तपाईको प्रतिक्रिया