Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सरेको छ । विशेष कारण भन्दै राष्ट्रियसभा बैठक मंगलबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक सारिएको हो । आजको बैठकमा विभिन्न मन्त्रालय तथा राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि छलफल हुने कार्यसूची थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण लगातार चौथोपटक बैठक स्थगित हुँदा ती मन्त्रालयको बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री दाहालले केही दिनअघि एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि एमालेले अवरोध गर्ने सम्भावना छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने लगायत सम्भावित कार्यसूची रहेको छ ।

 

तपाईको प्रतिक्रिया