Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमाले सांसद्हरुले अवरोध गरेपछि आज पनि राष्ट्रियसभा बैठक स्थगित भएको छ। बैठक सुरू हुनेवित्तिकै एमाले सांसदहरू सिटबाट उठेर विरोध जनाएका थिए। बैठकमा बोल्दै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रका विरुद्धमा पटकपटक झुटो बोल्दै आएको र झुट अब स्वीकार्न नसकिने बताइन्।

‘प्रधानमन्त्री प्रचण्डले मुख्यपात्र भएर प्रहसन भइरहेको नाटक हेरिरहेका छौं। वास्तवमा पास्ट हिस्ट्री हेर्न मन लाग्दैन। विगतमा जनयुद्धका क्रममा उहाँ र एकजनाले नेताले भारतलाई लेखेको पत्र पछि सार्वनजिक भएको थियो। उहाँ धेरै ढाट्नु हुन्छ, नेपाली जनतालाई। उहाँ स्वाधिनताको विरुद्धमा धेरै पटक उभिनु भएको छ। एमसीसीको विरुद्धमा बोलेर पछि पास गराउन एमसीसी बोर्डलाई पत्र पठाएर समसीसी पारित गराउनुभयो। यहाँ कार्यकर्तालाई उचाल्नु भयो।’

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर आघात पुगेकाले राजीनामा माग गरिन्। सांसद न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै रहने बताइन्। सांसद न्यौपानेले बोलिसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे। तर, एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि अध्यक्षले बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा गरे।

केहीदिन अघि दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर प्रतिप्रक्ष दलसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले लगातार संसदमा अवरोध गर्दै आएका छन्। जसका कारण संसद बैठक बस्न सकेको छैन।

तपाईको प्रतिक्रिया