Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आलोपालो नेतृत्व गर्ने सहमति गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। “समाजवादी मोर्चाको चारै दलका नेताले ६-६ महीनामा अध्यक्षता गर्ने सहमति भएको छ,” बैठकका निर्णयबारे जानकारी दिँदै पाण्डेले भने, “अगाडि कसरी बढ्ने भन्ने टुंगो लगाउन कार्यदल बनेको छ। कार्यदलले दिने प्रतिवेदनका आधारमा थप निर्णय हुन्छ।”

मोर्चाले एकीकृत समाजवादीका रमेश हमाल, नेकपा (माओवादी केन्द्र)का देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र नेकपाका खड्कबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो। कार्यदलले असार २७ गतेभित्र प्रतिवेदन तयार गर्ने पाण्डेले बताए। “मोर्चाको नीति तथा आचारसंहित कार्यदलले तय गर्नेछ, त्यसका आधारमा निर्णय हुन्छ,” पाण्डेले भने। मोर्चाको अर्को बैठक असार २७ गते बोलाइएको छ।

यससँगै आजको बैठकले सातै प्रदेशका राजधानीमा मोर्चाको कार्यक्रम गर्ने पनि निर्णय गरेको छ। यसको मिति असार २७ गते घोषणा गरिने भएको छ। कार्यदलले प्रतिवेदन नदिँदासम्म मोर्चा संयोजनको जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। आजको बैठक पनि नेपालकै अध्यक्षमा बसेको थियो। मोर्चाको पहिलो बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द लगायत नेताहरू सहभागी भएका थिए।

 

तपाईको प्रतिक्रिया