Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ –  काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन दिन सकिने महानगरले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पुरा भएको मेयर बालेन शाहले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया