Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदमा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि आफूलाई शंका लागेको बालेनको टिप्पणी छ ।

‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो’, बालेनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’ उनले अगाडि भनेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’

 

तपाईको प्रतिक्रिया