Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर ०१, २०८१
Saturday, November 16, 2024

काठमाडौँ – नेपाली कांग्रेसले लामो समयपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक आह्वान गरेका हुन्। बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।

विधानअनुसार कांग्रेसले हरेक दुई महिनामा केन्द्रीय समिति बैठक डाक्नुपर्ने भए पनि केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो। कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। त्यसपछि असार २७ गते बैठक डाकेको हो।

 

तपाईको प्रतिक्रिया