Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – तालिबानले काबुल र देशका अन्य प्रान्तहरूमा महिलाको सौन्दर्य सैलुन (ब्युटीपार्लर) मा प्रतिबन्ध लगाउने नयाँ आदेश जारी गरेको छ ।

तालिबान मन्त्रालयका प्रवक्ता मोहम्मद अकिफ महजारले टोलो न्यूजलाई यसबारे जानकारी दिए। तालिवानको मन्त्रालयले काबुल नगरपालिकालाई तालिबान नेताको नयाँ आदेश कार्यान्वयन गर्न र महिला सौन्दर्य सैलुनहरूको लाइसेन्स रद्द गर्न पनि आदेश दिएको छ ।

तालिवानको यो आदेशमा मेकअप आर्टिस्ट रेहान मुबारिजले भने, ‘पुरुषहरू बेरोजगार छन्, जसकाकारण पुरुषहरूले आफ्नो परिवारको हेरचाह गर्न सक्दैनन्, महिलाहरू रोटीको खोजीमा ब्यूटी सैलुनहरूमा काम गर्न बाध्य हुन्छन् । यदि उनीहरूलाई त्यहाँ प्रतिबन्ध लगाइयो भने हामी के गर्न सक्छौं ?’

एक मेकअप आर्टिस्टले भने, ‘परिवारका पुरुषको जागिर छ भने हामी घरबाट बाहिर निस्कने छैनौं। हामी के गर्न सक्छौं ? हामी भोकै बस्ने, के गर्ने ? तपाई हामीलाई मार्न चाहनुहुन्छ।’

यो इस्लामिक इमिरेट्सले केटीहरू र महिलाहरूलाई स्कूल, विश्वविद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्नका साथै पार्क, सिनेमाघर र अन्य मनोरञ्जन क्षेत्रहरू जस्ता सार्वजनिक क्षेत्रहरूमा जान प्रतिबन्ध लगाएको छ ।

सो प्रतिबन्ध लगाए पछि काबुलका बासिन्दा अब्दुल खाबिरले भने, ‘सरकारले यसका लागि फ्रेमवर्क बनाउनुपर्छ । फ्रेमवर्क यस्तो हुनुपर्छ कि न इस्लामलाई न देशलाई हानि पुगोस् ।’

तपाईको प्रतिक्रिया