Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रका विकृति सच्याउन सरकार अघि बढेको बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणपछि ललिता निवास प्रकरणमा छानबिन लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरणका हिस्सा रहेको उनले बताएका छन्। उनले बुधबार प्रतिनिधि सभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो कारबाही भएको छ। उक्त सफल अनुसन्धानबाट कानुन र लोकतन्त्रको सर्वोच्चता स्थापित भएको छ।’

उच्चपदस्थ र एउटा वर्ग कानुनभन्दा माथि रहेको कुरा गलत सावित हुन थालेको उनले बताएका छन्। प्रचण्डले थपे, ‘अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ। संसद् र आमजनलाई भन्न चाहन्छु- यो शुद्धीकरण यत्तिमै रोकिने छैन। हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्न ललिता निवास प्रकरणका अभियुक्त पक्राउ पर्न थालेका छन्।’

विकृतिको डुंगुर सफा गर्ने यो अभियानमा सदन र जनताको अझ ठूलो हौसला र विश्वास आवश्यक रहेको उनले बताए। लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य रहने भएकाले सरकार त्यसमा लागेको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया