काठमाडौ – सेयर कारोबारका लागि साताको पहिलो दिन आइतबार बजार उछाल छाएको छ । कारोबारको सुरुदेखि नै आएको बढोत्तरी अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ६२.२१ अंकले बढेर परिसूचक २११७.७३ बिन्दुमा रोकिएको छ ।
६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।
यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । ४ वटा कम्पनीको सेयर भाउउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयरकिनबेच भएको छ ।