काठमाडौं – विश्वकै १५ प्रभावशाली युवा राजनीतिज्ञहरूको सुचीमा रास्वपाकी सांसद सोबिता गौतम अटाएकी छिन्। ‘वान योङ वर्ड पोल्टिसियन अफ द इअर अवार्ड २०२३’को सर्टलिस्टमा विश्वभरका १४ अरू युवामन्त्री, सांसद, मेयरसहित सोबिता पनि अटाएकी हुन्।
१५ युवा राजनीतिज्ञहरू सबैले राजनीतिमा गरेको उल्लेखनीय प्रभावका कारण सर्टलिस्टमा परेको आयोजकले जनाएको छ। आफ्नो समुदाय र देशहरूमा युवा मानिसहरूमा सकारात्मक प्रभाव पार्न आफ्नो पद प्रयोग गरिरहेकाहरू छनोटमा पर्नेछन्। ‘वान योङ वर्ड पोल्टिसियन अफ द इअर अवार्डमा १८ देखि ३५ वर्षसम्मका युवाहरू पर्छन्। सर्टलिष्टमा परेका १५ मध्ये पाँच जनाले अवार्ड पाउँछन्। विजेताहरूको घोषणा जुलाईमा गरिनेछ। यो पुरस्कार युवा विश्व शिखर सम्मेलन आयोजना गरेर दिइनेछ।