Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको सुरक्षाको ग्यारेन्टी गर्ने बताएको छ ।

‘हामी पीएमसी वाग्नरको आक्रमण टोलीका लडाकुहरूलाई अपील गर्दैछौं । तपाईंलाई (वाग्नर प्रमुखको येभगेनी) प्रिगोजिनको आपराधिक उद्यम र सशस्त्र विद्रोहमा भाग लिएकोमा धोका दिइयो,’ सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । सेनाले लडाकुहरूलाई “स्थायी तैनथीका ठाउँहरू” मा फर्कन मद्दत माग्न पनि आह्वान गरेको छ ।

‘हामी तपाईंलाई कारण देखाउन र रूसको रक्षा मन्त्रालय वा कानून प्रवर्तनका प्रतिनिधिहरूसँग सम्पर्कमा रहन आग्रह गर्दछौं । हामी सबैको लागि सुरक्षाको ग्यारेन्टी गर्छौं’ विज्ञप्तिमा भनिएको छ  ।

तपाईको प्रतिक्रिया