Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – सूचना, प्रविधि विज्ञ डा. वेदप्रसाद काफ्ले प्रतिष्ठित पुरस्कारबाट विभूषित भएका छन् । टोकियो अवस्थित नेशनल इन्स्टिट्युट अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन्स टेक्नोलोजी (NICT) मा रिसर्च मेनेजर पदमा कार्यरत डा. काफ्ले ‘सूचना तथा सञ्चार प्रविधि’ क्षेत्रको प्रतिष्ठित पुरस्कारबाट विभूषित भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२०२३ जुन १९ तारिखमा टोकियो मेगुरोमा अवस्थित होटेल गाजोएनमा आयोजित एक समारोहमा जापानमा सूचना तथा सञ्चार प्रविधिको राष्ट्रिय स्टाण्डर्ड (National standards) निर्धारण गर्ने संस्था टेलिकम्युनिकेशन टेक्नोलोजी कमिटी (TTC) ले डा. काफ्लेलाई Information and Communication Technology Award (TTC Chairman’s Commendation) प्रदान गरेको छ ।

उनलाई यो पुरस्कार प्रदान गर्नुपर्ने कारणमा जापानमा अनुसन्धान गरी श्रृजना भएको अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिलाई संसारभरि फैल्याउने काममा तथा इन्टर्नेशनल टेलिकम्युकेशन युनियन (ITU) मा एडिटर, र्‌यापोर्टर र अन्य लिडरसिप भूमिकामा रही अत्याधुनिक दूरसञ्चार नेटवर्क प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय स्टाण्डर्ड (International standards) बनाउने काममा सन् २००७ सालदेखि निरन्तर महत्त्वपूर्ण योगदान पुर्‍याएको भनी उल्लेख गरिएको छ । यो प्रतिष्ठित पुरस्कारबाट विभूषित हुने उनी पहिलो विदेशी नागरिक हुन् ।सुनसरीको इनरुवा स्थायी घर भएका डा. काफ्लेले जापानबाट कम्प्युटर इञ्जिनियरिङ विषयमा विद्यावारिधि गरेर जापानको गृह तथा सञ्चार मन्त्रालय (Ministry of Internal Affairs and Communications) अन्तर्गत रहेको अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिसम्बन्धी अनुसन्धान गर्ने प्रतिष्ठान NICT मा गत १७ वर्षदेखि कार्यरत छन् । टोकियोमा रहेका वासेदा विश्वविद्यालय र युनिभर्सिटी अफ इलेक्ट्रोकम्युनिकेशन्समा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन् ।

अन्तर्राष्ट्रिय कन्फेरेन्स तथा जर्नलमा उनले सयौँ रिसर्च पेपर प्रकाशन गरेका छन् भने नेपालको प्रतिष्ठित Nepali Diaspora ICT Award लगायत जापानका दर्जनौँ पुरस्कारबाट सम्मानित भएका छन् ।

तपाईको प्रतिक्रिया