Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – वर्षको सुरुमा बैंकबाट ऋण नपाएको निजी क्षेत्रको गुनासो सुनिने गर्थ्यो । निजी क्षेत्रका कतिपय अगुवाहरूले बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाएको भन्दै आक्रोश पोख्थे । बैंकहरूसँग पर्याप्त पैसा (लगानीयोग्य रकम र तरलता) नभएकाले उनीहरूले सहजै कर्जा पाउने अवस्था थिएन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, अहिले अवस्था उल्टोजस्तै भएको छ । अहिले बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम सहज अवस्थामा आइपुगेको छ, तर निजी क्षेत्रले कर्जा उठाएको छैन । बैंकहरूमा २ खर्ब ७० अर्ब रुपैयाँ तरलता रहँदा पनि निजी क्षेत्रले कर्जा नउठाउँदा बैंकमा पैसा थुप्रिन थालेको छ । यसलाई परिचालन गर्न बैंकहरूले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७० अर्व ७८ करोड रुपैयाँ निक्षेप संकलन भएको छ, जुन गत असारको तुलनामा ७.३ प्रतिशतको वृद्धि हो ।

गत साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्व ५३ अर्व १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो । बैंकमा पैसा थुप्रिंदा पनि निजी क्षेत्रले किन कर्जा उठाउन चाहेको छैन रु अहिले यो प्रश्न उठ्न थालेको छ।  निजी क्षेत्रले कर्जाको माग नै नगरेको बैंकरहरूले बताइरहेका छन् । उद्योगी व्यवसायीहरूले भने विभिन्न समस्या देखाउँदै कर्जा माग गर्न नसकेको बताइरहेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिले अर्थतन्त्रमा आएको सुस्तताका कारण बजारमा वस्तुको माग नै नभएपछि उद्योगी व्यवसायीले कर्जाको माग नगरेको बताए । ‘विगतमा १०० वटा वस्तुको माग थियो, अहिले ५० वटा वस्तुको पनि मुस्किलले माग छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा कर्जा लिएर मात्रै के गर्ने रु व्यवसायीहरूले ऋण लिनका लागि उपयुक्त समय पर्खिएर बसेका छन् ।’

अहिले बजारमा वस्तुको माग नहुँदा उत्पादन पनि घटाउनु परेकाले कर्जा नलिएको उनले बताए । अहिले व्याजदर पनि घट्दो क्रममा रहेको भन्दै उनले अब विस्तारै बजारमा वस्तुको माग पनि बढ्छ कि भन्ने आशा रहेको सुनाए । बजारमा माग सिर्जना भएको अवस्थामा कर्जाको माग बढ्न सक्ने अध्यक्ष अग्रवालको अनुमान छ । –कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया