काठमाडौं – साताकाे पहिलाे काराेवार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर कायम भएको जनाएको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यही कायम थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर कायम छ । गत साताको शुक्रबारको तुलनामा आज पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ । महासंघअनुसार आइतबार चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।