Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
REUTERS

काठमाडौं – कोलम्बियास्थित एमजन जङ्गलमा भएको एउटा विमान दुर्घटनामा परेर कैयौँ सातासम्म सहायता पाउन नसकेका चार जना बालबालिका जीवितै फेला परेका छन् ।

कोलम्बियाका राष्ट्रपतिले एकै परिवारका चार जना सन्तानको उद्धार हुनु पूरा देशका लागि हर्षको विषय भएको बताए । उद्धार गरिएका बालबालिकाहरू १३, ९, ४ र १ वर्षका छन् । उक्त जङ्गलमा मे १ मा भएको एउटा सानो विमान दुर्घटनामा ती बालबालिकाकी आमा र दुई जना पाइलटको मृत्यु भएको थियो ।

उनीहरू दर्जनौँ सैनिक र स्थानीय मानिसहरू संलग्न एउटा ठूलो उद्धार अभियानको केन्द्रमा थिए । राष्ट्रपति गुस्तभो पेत्रोले ती बालबालिकाहरू फेला पर्नु एउटा चमत्कारिक दिन भएको बताएका छन् । उनले भने, ‘उनीहरू एक्लै थिए, इतिहासमा लेखिने गरी पूरै बच्नुको एउटा उदाहरण उनीहरू आफैँले बनाएका छन् । यी बालबालिकाहरू शान्तिका प्रतिक र कोलम्बियाका बालबालिका हुन् ।’

पेत्रोले ४० दिनदेखि हराएका उनीहरूको खोजीमा संलग्न भएका कैयौँ सैनिक र आदिवासी समुदायको तस्बिर सेअर गरेका छन् । उनले ती बालबालिकाहरूले चिकित्सकीय स्याहार पाइरहेको बताएका छन् । राष्ट्रपति पेत्रोले बालबालिकाका हजुरबुवासँग कुरा गरेको बताउँदै उनले जङ्गल माताले उनीहरूलाई फिर्ता पठाएको भनेको जनाएका छन् ।

ती बालबालिकाहरूलाई विमानमार्फत् देशको राजधानी बोगोटा पुर्‍याइएको थियो र त्यहाँ एम्बुलेन्सहरूले थप उपचारका लागि उनीहरूलाई अस्पताल पुर्‍याएका थिए । दुर्घटनाअघि ती बालबालिका र उनीहरूकी आमा एमजन्स प्रान्तमा पर्ने अराराकुआराबाट सेस्ना २०६ विमानमा सान खोसे डेल गुआभिआरेतर्फ गइरहेका बेला इन्जिनले काम नगरेपछि पाइलटहरूले आपत्कालीन अवस्थाको जनाउ ‘मे डे’ जारी गरेका थिए ।

सेनाले त्यस विमानमा रहेका तीन जना वयस्क मानिसहरूका शव दुर्घटनास्थलमा फेला पारेको छ । तर ती बालबालिकाहरू भग्नावशेषबाट निस्किएर वर्षावनमा सहायता खोज्न हिँडेको देखिन्छ । बीबीसी

तपाईको प्रतिक्रिया