Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौँ – बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । तत्कालै लागू हुने गरी उहाँले राजीनामा दिनुभएको हो । जोनसनले राजीनामा दिएपछि रिक्त भएको सिटमा उपचुनाव हुने समाचार संस्था एपीले जनाएको छ । कोरोनासम्बन्धी नियम पालना नगरेको विषयमा उहाँमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप छ । तर उहाँले कोभिड–१९ का सबै नियम पालना गरेको बताउँदै आउनुभएको छ ।

संसद्को विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी सांसदलाई गुमराह गरेको प्रमाणित भएमा उहाँलाई १० दिनभन्दा धेरै सांसद पदबाट निलम्बन गर्न सिफारिस गर्न सक्छ । प्रधानमन्त्री हुँदा कोभिड–१९ का नियमहरू तोडेर पार्टी गरेपछि उहाँको आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया