Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – मंगलबार खप्तडमा आयोजित धार्मिक पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका चर्चित योगगुरु रामदेव खप्तडमा वनस्पति तथा जडीबुटीको खोज अनुसन्धान र अध्ययन गर्ने पूरा तयारीका साथ आएको खुलासा भएको छ । बाबा रामदेवले आफू खप्तड आउनुअघि नै वनस्पति तथा जडीबुटीका ज्ञाता र वैज्ञानिकको टोली खप्तड पठाएको खुलेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२१ जेठ अर्थात् आइतबार बाबा रामदेवले पठाएका ३२ जना विज्ञ र वैज्ञानिकको टोलीले विभिन्न उपकरणका साथ खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न खोजेको थियो । निकुञ्जका रेन्जर ज्ञानेन्द्र शाहका अनुसार विभिन्न उपकरणले सज्जित सो टोलीसँग नेपाल सरकारले दिएको स्वीकृति नभेटिएपछि डोटीतर्फको झिक्राना प्रवेशद्वारमै रोकिएको थियो ।

बाबा रामदेवले सो टोली आफूखुसी पठाएको बताइएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबा रामदेव उपस्थित कार्यक्रमको आयोजकले भारतीय विज्ञ तथा वैज्ञानिकहरूको सो टोलीलाई निम्ता नपठाइएको दाबी गरेको छ । आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीम खड्काले सम्मेलनमा बाबा रामदेव र आचार्य बालकृष्णलाई मात्रै निमन्त्रणा पठाइएकोमा उपकरणका साथ ३२ सदस्यीय टोली पनि आएको पुष्टि गरेका छन् ।

बालकृष्णले नै धनगढीमै पत्रकारसामु आफूले खप्तडमा जडीबुटीका लागि टोली नै पठाएको बताएका थिए । राष्ट्रिय निकुञ्ज विभागको स्वीकृति नभएकाले टोलीले आफ्ना उपकरण निकुञ्जभित्र लैजान नपाएको खड्काको भनाई छ । निकुञ्ज प्रवेश गर्न नपाएपछि वैज्ञानिक र वनस्पतिविज्ञको टोलीका अधिकांश सदस्य झिक्रानाबाटै भारत फर्केका थिए ।

रिसाए रामदेव, क्रुद्ध बालकृष्ण
आफूले पठाएको टोलीलाई नेपाली सेना र निकुञ्ज प्रशासनले खप्तडमा प्रवेश गर्न नदिएपछि बाबा रामदेव असन्तुष्ट बनेको पतञ्जलि योग समितिका सुदूरपश्चिमस्तरीय एक अगुवाले बताए । ती अगुवाका अनुसार बाबा रामदेवले बुधबार बिहान खप्तडमै योग सिकाउने निर्धारित कार्यक्रम थियो तर उद्घाटन समारोह सकिएलगत्तै बाबा भारत फर्किएका थिए ।

आचार्य बालकृष्ण भने मंगलबार खप्तडमै बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार सेना र निकुञ्ज प्रशासनले ३२ सदस्यीय टोलीलाई प्रवेश रोक लगाएकोमा बालकृष्ण क्रुद्ध बनेका थिए । आचार्य बालकृष्णले आक्रोशित हुँदै ‘यसरी प्रतिबन्ध गरेमा नेपालको विकास कसरी हुन्छ’ भनेको ती प्रत्यक्षदर्शीले बताए ।

आचार्य बालकृष्ण नेपालको स्याङ्जा जिल्ला घर भएका आर्युवेदाचार्य हुन् । उनी पतञ्जलि योगपीठमा बाबा रामदेवपछिका सन्त हुन् । –मानसखण्डबाट

तपाईको प्रतिक्रिया