Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

सिन्धुपाल्चोक – सासू वारि, बुहारी पारि बीचमा झ्याँडी खोलो । यसै खोलोले सासू, बुहारीलाई ३ वर्षदेखि छुट्ट्याएको सुन्दा अचम्म लाग्न सक्छ । तर, वास्तविकता त्यहीँ हो । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ मा बस्ने सासू माइली थापा र इन्द्रावती गाउँपालिका-२ बस्ने बुहारी मैयाँ थापाको भेट हुन खोलाले छेक्यो । कारण- पुल नहुनु । तर, यो दूरीको वर्ष अब लम्बिएन । तीन वर्षदेखि वारिपारिको सम्बन्धलाई अहिले खोलामाथि बनेको पुलले जोडेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुल बनेपछि सासू-बुहारीको भेट भएको हो । भूगोलको दृष्टिले सासू माइली र बुहारी मैयाँको घरको दूरी त्यत्ति टाढा भने होइन । बुहारी मैयाँ थापाको घरबाट झन्डै एक घण्टा ओरालो झरेपछि झ्याँडी खोला पुगिन्छ ।

त्यो खोला तरेर फेरि एक घण्टा उकालो चढेपछि सासू माइली थापाको घर पुग्न सकिन्छ । सर्सरी हेर्दा जम्मा दुई घण्टाको बाटो त हो नि भने झैं लाग्न सक्छ । तर, पनि यो तीन वर्षभित्रको अवधिमा यी सासू-बुहारीको भेट भने एकपटक पनि हुन सकेको थिएन ।

झ्याँडी खोलामाथि पुल बनेर केही दिन अघिदेखि सञ्चालनमा आएपछि बल्ल यी सासू-बुहारीको भेट सम्भव भएको छ । ‘हामी सासू-बुहारीलाई आज यो पुलले भेट गराइदियो’, ओठमा हाँसो र भरिएका गहभरीको आँसुसहित बुहारी मैयाँले भनिन्, ‘पुल नबनेको भए कुन जुगमा पो भेट हुन्थ्यो हाम्रो ।’ लामो समयसम्म सासू-बुहारीबीच भेट नहुनुको कारण खुलाउँदै मैयाँ भन्छिन्, ‘बाटो लामै त होइन, शारीरिक अवस्थाका कारणले दुई/तीन घण्टा हिँडेर भेट्न जाने आँट नै गर्न सकिएन ।’

दुई वर्षअघि खाद्यान्न पिसानीका लागि नजिकैको मिलमा गएकी बुहारी मैयाँको दुर्घटना भयो । मिलको फित्ताले उनको खुट्टामा गहिरो चोट पु-यायो । ९ महिनासम्म अस्पतालमा उपचार गराएकी उनको खुट्टा राम्रोसँग ठीक हुन सकेन । मैयाँ अहिले पनि राम्रोसँग हिँड्डुल गर्न सक्दिनन् । हिँड्डुल गर्न उनलाई साहारा चाहिन्छ । अन्नपूर्ण पोस्टबाट

तपाईको प्रतिक्रिया