काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ १८ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ११ पैसा र बिक्री दर १६४ रूपैयाँ ८५ पैसा रहेको छ ।