काठमाडौं – सङ्घीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज ११ बजेपछि शुरु हुँदैछ । प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । हिजो प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहे पनि विशेष कारणवश आजको लागि सरेको थियो । बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । बैठक आज बिहान ११:११ बजेका लागि बोलाइएको छ ।