काठमाडौँ – नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहान १० बजे नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए। योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।