Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेको हुनसक्ने अनुसन्धानकर्मीले बताएका छन् ।

एघार र १२ तथा १६ र १७ वर्षका किशोरीको आवस्मा क्षतिभएको बताउँदै प्रहरीले नियतवश कसैले भवनमा आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ । गुयानाका प्रहरी आयुक्त क्लिफ्टन हिकेनले ‘दुर्भावनाबाट प्रेरित भएर छात्रावासमा आगो लगाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, हाम्रो अनुसन्धान जारी छ,’ पत्रकारमाझ भनेका छन् । अहिलेसम्म कुनै संदिग्धको पहिचान भएको छैन ।

आगलागीमा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको तथा पाँच जनाको महदिया जिल्ला अस्पतालमा मृत्यु भएको छ । सरकारले यसअघि देशको मध्य भागमा रहेको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा २० जनाको मृत्यु भएको बताएको थियो ।

ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको गुयाना खनिज स्रोतमा विश्वमै अब्बल मानिन्छ । अङ्ग्रेजी राष्ट्रभाषा भएको यो देशको जनसंख्या आठ लाख छ ।

तपाईको प्रतिक्रिया