Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – प्रहरीले काठमाडौंको तार्केश्वर नगरपालिका-७ स्थित एक ज्योतिष केन्द्र बन्द गराएको छ। अत्यधिक भीड भएपछि प्रहरीले उक्त ठाउँ बन्द गरेको प्रहरी वृत्त बालाजुका डिएसपी मनोजित कुँवरले जानकारी दिए। वडा ७ मा रहेको एक घर भाडामा लिएर अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि नाममा कम्पनी दर्ता गरिएको थियो। जहाँ गुरू भनिएका सिमान्त केसीसँग उपचार गराउने भन्दै आउनेको भीड लागेको हो।

बिरामीहरूलाई छोएरै निको बनाउने भन्ने भिडिओहरू सामाजिक सञ्जालमा भाइरल छन्। जसले गर्दा उनको आलोचना समेत भएको छ। कतिपयले ठगी धन्दा चलाएको, ढोंग गरेको, भ्रम फैलाएको भन्ने आरोप समेत लगाएका छन्। तर त्यसबारे कुनै उजुरी नआएको डिएसपी कुँवरले बताए।‘भीडभाड बढी भएकाले व्यवस्थापन नगरीकन नखोल्नु भनेर बन्द गराएका हौं। भीडको व्यवस्थापन त उहाँहरूले नै गर्नुपर्‍यो। गर्छौं भन्नुभएको छ,’ उनले भने,‘वडाबाट स्वीकृति लिएर, प्यान दर्ता गर्नुभएको रहेछ।’

उनले थपे,‘भ्रम त के हो जानकारी भएन। ठगी भन्ने कुराहरू पनि आए। तत्काल हामीले हेर्दा देखेनौं। कतै निवेदन/उजुरी पनि आएको छैन।’ यस्तै टिकटको पनि शुल्क नलिएको उनले बताए। ‘टिकटको पनि शुल्क लिएको देखेनौं। नम्बरिङ गर्नको लागि मात्रै दिइएको रहेछ। त्यहाँ आएर सेवा लिएबापत जसले जति दिए पनि हुने रहेछ। नदिए पनि हुने आफूखुसी दिए नि हुनेरहेछ।’ उनका अनुसार केही दिनयता मात्रै भीड बढेको हो। तर उनीहरूले पछिल्लो १५ दिनदेखि यसरी सञ्चालन गरिरहेको प्रहरीसँग भनेका छन्।

 

तपाईको प्रतिक्रिया