Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चित नाम मञ्जु खाण। केही दिनयता गुमनाम रहेकी उनी आज भने टप्लक्क उपस्थित भएकी छिन् संसदको संयुक्त बैठकमा।उनका श्रीमान् पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि हिरासतमा छन्। पति हिरासतमा हुँदासम्म मञ्जु उनलाई भेट्न समेत पुगिनन्। उनी आफैंँ यस प्रकरणमा मुछिएकी पात्र हुन्। सार्वजनिक भएको एउटा अडियोले उनको नाम शरणार्थी प्रकरणमा जोडिएको छ।

उनीमाथि आरोप लाग्दै पनि आएको छ। प्रहरीले उनलाई सम्पर्क गर्न प्रयास गरे पनि उनी उपलब्ध थिइनन्। कतिसम्म भने उनी फरार भएको र अस्ट्रेलिया पुगिसकेका तर्क पनि गरेका थिए। देश छोडेर गएको हल्ला चले पनि सांसद मञ्जु खाण आज नयाँ बानेश्वरस्थित संसद भवनमा देखिएकी छिन्।

तपाईको प्रतिक्रिया