Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुने भएको छ । आज बिहान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दै मन्त्रिपरिषदले आज विस्तार हुने जानकारी दिएका हुन् । उनले गठबन्धनमा रहेका दलहरू सबैको सहमतिमा सरकार विस्तार हुने विश्वास व्यक्त गरे ।

गठबन्धनका दलबीच भएको भागबण्डाअनुसार नेकपा माओवादी केन्द्र दुई, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । उनका अनुसार कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीनवटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबन्डा टुंगिएको हो ।

तपाईको प्रतिक्रिया