Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटेसँगै सरकारले भाडादर पनि घटाएको हो ।

डिजेल र मट्टितेलको मूल्य १६५ रुपियाँबाट १५५ रुपियाँ प्रतिलिटरमा झरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार स्वचालित मूल्य प्रणालीको आधारमा नै सार्वजनिक यातायातको भाडादर घटेको हो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारीको भाडा स्वचालित मूल्य प्रणालीमा आधारित छ । त्यस कारण पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घट्ने वा बढ्ने हुँदा भाडादर पनि त्यहीअनुसार घट्ने वा बढ्ने हुन्छ ।” उहाँका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने भएकाले प्रदेशभित्र सञ्चालित हुने यातायातका सन्दर्भमा विभागले कुनै निर्णय नगरेको उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया