Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए । त्यस्तै एक गोल रियल म्याड्रिडका एडर मिलिताओले आत्मघाती गोल गरेका थिए ।

योसँगै म्यानचेस्टर सिटी पछिल्ला तिन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटी २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेर प्रिमियर लिगकै प्रतिद्वन्द्वी चेल्सीसँग पराजित भएको थियो । क्लबको इतिहासमा पनि च्याम्पियन्स लिगमा पुगेको यो दोस्रो पटक हो । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।

अब यस सिजनको फाइनलमा म्यानचेस्टर सिटीले इन्टर मिलानको सामना गर्ने भएको छ । फाइनल खेल आगामी जुन १० मा इस्तानबुलको अटाटुर्क ओलम्पिक स्टेडियममा हुने छ ।

तपाईको प्रतिक्रिया