Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – सर्वाेच्च अदालतकाे फैसलापछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई छलफलका लागि कारागारमा बोलाएका छन् । केन्द्रीय समिति र काठमाडौं पायक पर्ने नेताहरूलाई १० बजे कारागारमा छलफलमा बोलाइएको नाउपका उपाध्यक्ष लक्ष्मण किशोर चौधरीले बताए ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए ।नाउपा अहिले सरकारकाे एक घटक हाे । रेशमकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता स्वयम् मन्त्री छिन् । फैसलाप्रति उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

आजकाे वैठकमा नाउपाले सरकार छाड्ने वा नछाड्ने भन्ने पनि छलफल हुनेछ । रेशमलाई जेलबाट निकाल्ने आश्वासनका आधारमा नाउपा सरकारमा सहभागी भएकाे थियाे ।

 

तपाईको प्रतिक्रिया