Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। ३०औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले म्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका लागि प्रेरणाको आवश्यकता महसुस गरेका हुन्।

‘आज ३०औं मदन–आश्रित स्मृति दिवस। रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु। यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

२०५० जेठ ३ गते भएको दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। महासचिव भण्डारी र नेता आश्रित सवार गाडी चितवनको दासढुङ्गामा दुर्घटनामा परेको थियो। एमालेले भने उक्त दुर्घटनालाई ‘हत्याकाण्ड’ भन्दै आएको छ।

 

तपाईको प्रतिक्रिया