Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – आज जेठको ३ गते मदन-आश्रित स्मृति दिवस । विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा जीप खसेर निधन भएको थियो । त्यै रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृति दिवस मनाइन्छ ।

स्मृति दिवसको अवसरमा नेकपा एमाले र एकीकृत समाजवादीले विभिन्न कार्यक्रम गर्दैछन् । एकिकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम गर्न लागेको हो।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको हो।

जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।

 

तपाईको प्रतिक्रिया