Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

बेलायतमा तीन जनाको डीएनए प्रयोग गरिएको एक शिशुको जन्म भएको छ । विशेष किसिमले गराइएको कृत्रिम गर्भाधारण प्रक्रियाबाट शिशुको जन्म भएको बेलायतको प्रजनन नियामकले पुष्टि गरेको छ ।

बेलायती प्रजनन नियामक निकायले भनेको छ, ‘यस गर्भाधानको विधिले गम्भीर माइक्रोकोन्ड्रियल रोग लागेको परिवारमा स्वस्थ बच्चाको सम्भावना पैदा गर्छ ।’ द गार्डियनका अनुसार बच्चालाई निको नहुने रोगबाट जोगाउन माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट (एमडीआई) उपचार प्रविधि प्रयोगबाट यो सम्भव भएको हो ।

यस प्रक्रियामा स्वस्थ महिलाको अण्ड वा भ्रुण लिइन्छ, जसले आमामा भएका र बालबालिकामा सर्नसक्ने हानिकारक म्युटेसनरहित आईभीएफ एम्ब्रियो (भ्रूण) बनाउँछ। यसरी जन्मेको बच्चामा अधिकांश डीएनए दुई आमाबुबाबाट आउँछ भने ०.१ प्रतिशत तेस्रो व्यक्ति अर्थात् अर्की महिलाबाट आएको बताइएको छ ।

यस प्रक्रियाबाट बेलायतमा पाँचभन्दा कम शिशु जन्मिएको बेलायतको ह्युमन फर्टिलिटी एन्ड एम्ब्रोयोलोजी अथ्योरिटीको भनाइ छ । तर ती परिवारको सुरक्षाका लागि थप जानकारी भने दिइएको छैन ।

सन् २०१५ मा बेलायत एमडीआईको प्रयोगका लागि अनुमति दिने पहिलो मुलुक बनेको थियो । बेलायतमा प्रत्येक २०० जना बालबालिकामध्ये एक जनामा माइटोकोन्ड्रियल समस्या देखिने गरेको तथ्यांक छ । अनुवांशिक दोषका कारण मुटु रोग, मिर्गि रोग, बौद्धिक अक्षमता र शारिरीक दुर्बलताजस्ता समस्या देखा पर्छन् ।

तपाईको प्रतिक्रिया