Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन् ।

‘हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ । हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,’ फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भने ।

यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो । रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ ।

घटना के हो ?
अनलाइनमा फैलिएका अपुष्ट भिडिओहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधवार धुवाँ निस्कँदै गरेको देखिन्छ ।

दोस्रो भिडिओमा संसद् भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन् । रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई ‘योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास’ को संज्ञा दिएको छ ।

अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन् । राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन् । तर युक्रेनले भने रुसी आरोप आफ्नो भूभागमा ठूलो आक्रमण अघि बढाउने रुसी बहाना मात्रै भएको बताएको छ । अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ ।

पुटिनको सुरक्षा
रुसी राष्ट्रपति पुटिन विश्वमै सबैभन्दा धेरै सुरक्षा दिइने नेताहरूमध्येमा पर्छन् । मस्कोमा बीबीसीले सहभागिता जनाएको पुटिन उपस्थित हुने कार्यक्रमहरूमा उच्च सुरक्षा पहरा देखिन्छ । कार्यक्रममा सहभागी हुन जानेहरूलाई कडा सुरक्षा जाँच गरिन्छ र उनको सवारीमा गाडीहरूको लस्कर हुनुका साथै त्यस क्षेत्रको हवाई क्षेत्र र यातायात समेत रोकिन्छ ।

यदि क्रेमलिनले भनिरहेको साँचो हो भने राष्ट्रपतिको सुरक्षा प्रबन्धमै प्रश्न उठ्न सक्छ । पुटिन व्यक्तिगत सुरक्षा उच्च तहको रहेको बताउँदै बीबीसीका रुस सम्पादक स्टीभ रोजनवर्ग ती ड्रोनहरू कसरी क्रेमलिननजिक पुगे भन्ने सोच्नु नै अचम्मलाग्दो रहेको बताउँछन् । -बीबीसी

तपाईको प्रतिक्रिया