काठमाडौं – दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमले आफ्ना दुई छोरालाई डेपुटी गभर्नरमा नियुक्त गरेका छन् । दुबई मिडिया अफिसले एक ट्विट गर्दै मकतमुले शुक्रबार उनीहरूलाई डेपुटी गभर्नरमा नियुक्त गरेको जनाएको हो ।
दुबई मिडियाका अनुसार, मकतूम बिन मोहम्मदलाई पहिलो र अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ । मकतूम बिन मोहम्मदले यसअघि नै संयुक्त अरब इमिरेट्सको उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् भने उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष हुन् ।