Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडौं – ‘वारिस पञ्जाब दे’ का प्रमुख अमृतपाल सिंहलाई पञ्जाब पुलिसले ३६ दिनपछि पक्राउ गरेको छ । उनलाई पञ्जाबको मोगा जिल्लास्थित रोडे गाउँको गुरुद्वाराबाट आइतवार बिहान ६ बजेर ४५ मिनेटमा पक्राउ गरिएको हो ।

त्यसपछि पञ्जाब पुलिसले उनलाई बठिन्डाको एयरफोर्स स्टेशन लगेको छ । जहाँबाट उनलाई अब असमको डिब्रुगढ जेलमा लगेर थुनिँदैछ । गुरुद्वारा ग्रन्थीका अनुसार अमृतपाल शनिवार राति रोडे गाउँ पुगेका थिए । बिहान गिरफ्तारीअघि उनले गुरुद्वाराको ग्रन्थीसँग पाँच ककार (केश, कृपाण, कंघा, कडा र कच्छा) मागेर पहिरिएपछि प्रवचनमार्फत स्थानीयलाई सम्बोधन गरे ।

अमृतपालका निकटहरुले नै उनले आत्मसमर्पणको योजना बनाएको जानकारी पुलिसलाई दिएका थिए । पुलिसले भिड जम्मा भएर माहोल बिग्रिन नदिन सतर्कता अपनाएको थियो । तर सादा पोशाकमा पुगेको प्रहरीले उनलाई बिहानै गिरफ्तार गर्‍यो । अहिले पञ्जाब पुलिस र इन्टेलिजेन्स अधिकारी उनलाई लिएर बठिन्डा एयरपोर्ट पुगेका छन् । जहाँबाट उनलाई असमको जेलमा राख्न लगिँदैछ ।

तपाईको प्रतिक्रिया