शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – पछिल्लो १० वर्षयताको तथ्यांकअनुसार विश्वभर १० हजार हाराहारी विमानस्थल रहेका छन् । तर, तीमध्ये पनि सबैभन्दा आकर्षक विमानस्थल कुन होलान् त ?

स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ । जसअनुसार यी विमानस्थललाई विश्वका १० आकर्षक विमानस्थलका रूपमा देखाएको छ ।

चांगी विमानस्थल, सिंगापुर
पहिलो स्थानमा सिंगापुरको चांगी विमानस्थल छ।यो विश्वकै सबैभन्दा आकर्षक र व्यस्त विमानस्थल पनि हो ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहा
दोस्रोमा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल छ । यस विमानस्थलको संरचना निकै आकर्षक मानिएको छ ।

हानेदा विमानस्थल, टोकियो
सूचीको तेस्रो स्थानमा रहेको आकर्षक विमानस्थल हो, जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थल । मुख्य शहरदेखि आधा घण्टा दूरीको यस विमानस्थलमा तीन वटा टर्मिनल छन् ।

इंचियोन विमानस्थल, सोल
आकर्षक विमानस्थलको चौँथो नम्बरमा दक्षिण कोरियाको सोलस्थित इंचियोन विमानस्थल छ । यो कोरियाको सबैभन्दा ठूलो विमानस्थल पनि हो ।

चार्ल्स् डे गोल विमानस्थल, पेरिस
यस्तै, पाँचौँमा फ्रान्सको पेरिसस्थित चाल्र्स डे गोल विमानस्थल छ। सन् १९७४ देखि सञ्चालनमा आएको यो विमानस्थल विश्वकै आकर्षक मानिन्छ ।

इस्तानबुल विमानस्थल, टर्की
यस्तै, टर्कीको इस्तानबुल विमानस्थल छैटौँ आकर्षक विमानस्थलमा रूपमा उल्लेख गरिएको छ ।

म्युनिख विमानस्थल, जर्मनी
स्काईरेक्स कम्पनीका अनुसार सातौँमा जर्मनीको म्युनिख विमानस्थल छ । १५० वटा पसल र ५० वटा रेस्टुरेन्ट रहेको यो विमानस्थल जर्मनीको दोस्रो व्यस्त विमानस्थल पनि हो ।

स्विस अन्तर्राष्ट्रिय विमानस्थल, स्विजरल्यान्ड
स्विजरल्यान्डको जुरिकस्थित सबैभन्दा व्यस्त स्विस अन्तर्राष्ट्रिय विमानस्थल आठौँ नम्बरमा छ ।

नारिता विमानस्थल, जापान
यस्तै, जापानको नारिता विमानस्थल सूचीको नवौँ नम्बरमा छ । राम्रा विमानस्थलको सूचीमा जापानका दुई वटा विमानस्थल परेका छन्।

मड्रिड बारायास विमानस्थल, स्पेन
१०औँ नम्बरमा स्पेनको मड्रिड बारायास विमानस्थल छ । युरोप र ल्याटिन अमेरिकाको उडानका लागि यो विमानस्थल प्रमुख रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया