शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोशाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ ।

कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनिकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ ।

कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोशाक बिक्री हुन भए पनि त्यसपछि भने नेपाली ब्राण्डमै बढी उत्पादन हुन थालेको जानकारहरु बताउँछन् । सङ्घको तथ्याङ्कअनुसार कोरोना महामारी सुुरु हुनुभन्दा अघि सन् २०१८/१९ मा नेपालमा रु ३१ अर्ब ८३ करोड बराबरको तयारी पोशाक विभिन्न देशबाट आयात भएको थियो । जबकी सन् २०२०/२१ मा रु २४ अर्ब २ करोडको पोशाक आयात भएको थियो ।

तपाईको प्रतिक्रिया