Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – जापानी नागरिक सिएची सानोले ८० वर्षको हुँदा फुजी हिमाल चढेर नयाँ शुरूआत गरेका थिए । जापानकै सर्वोच्च हिमाल चढेर पनि चुनौती महसुस नगरेका सानोले त्यसलगत्तै सर्फिङ खेल्न शुरू गरेका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनलाई अहिले पनि पानीको छालसँगै बग्दा रमाइलो लाग्छ । ‘यति मात्र भन्न चाहन्छु, म आफैँमा रमाउन चाहन्छु र कुनै तनावबिना आफूलाई मन लागेको कुरा गर्न चाहन्छु । पानीको छालसँगै बग्दा रमाइलो लाग्छ,’ सानो भन्छन्, ‘म राम्रो सर्फर होइन। तर यदि तपाईंले यसमा राम्रो बन्न खोज्दा अरू कसैले गरेजस्तो नक्कल गर्नुहुन्छ भने त्यसबाट रमाइलोपन हराउँछ ।’

उनले गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा पाको उमेरमा सर्फिङ गर्ने पुरुषको कीर्तिमान राखेका छन् । उनी यसै वर्षको अन्त्यतिर ९० वर्ष पूरा हुन्छन् । वृद्ध अवस्थामा पनि आफूलाई तन्दुरुस्त राख्ने र नयाँ कुरा सिक्ने कुनै अवसर नछाड्ने उनले बोल्डरिङ (रक क्लाइम्बिङ) गर्ने इच्छा पनि देखाएका छन् । ‘अब मैले बोल्डरिङको प्रयास गर्नेछु । पहिले जिमखानाभित्र सिक्छु, त्यसबाहिर अहिले केही खतरनाक हुनसक्छ,’ उनी भन्छन् ।

सबै साहसिक कार्य गर्न रुचाउने सानोले बन्जी जम्पिङ गर्न भने डर लाग्ने बताउँछन् । बरु आफूले १०० वर्षको हुँदासम्म पनि सर्फिङ गर्ने इच्छा व्यक्त गरे । स्थानीय एक बैंकका कर्मचारीहरूको प्रेरणाले गर्दा आफू सर्फिङमा रुचि लागेको सानो बताउँछन् ।

योकोहामाबाट २० मिनेट टाढा बसोबास गर्ने सानो इनोशिमानजिकैको ब्ल्याक स्यान्ड बिचमा साताको अन्त्यमा अधिकांश समय बिताउँछन् । त्यहाँ सर्फिङ गर्ने अधिकांश बालबालिका र युवा भएको सानोका प्रशिक्षक ४६ वर्षीय काजुतो शिमिजु बताउँछन् ।

तपाईको प्रतिक्रिया