शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौँ – कारोबारको दोस्रो दिन नेप्से परिसूचक २३ अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ३९ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा ९१ करोड ८२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत घटेर ९१ करोडमा सीमित हुन पुगेको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक विकास बैंक उपसूचक १.८८ प्रतिशत र फाइनान्स उपसूचक १.८० प्रतिशतले घटेको छ ।

 

तपाईको प्रतिक्रिया