बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – सडक छेउका भवनलगायत भौतिक संरचना निर्माण गर्दा सडकमा कुनै पनि किसिमको अवरोध र फोहर पुर्याउनलेलाई काठमाडौँ महानगरपालिकाले कारवाही गर्ने भएको छ । महानगरपालिकाले सोमबार एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।

घर तथा भौतिक संरचना निर्माण गर्दा सडकमा धुलो, निर्माण सामग्रीको टुक्रा खस्ने, निर्माण सामग्री सडक पेटीमै थुपारेर सडकमा अवरोध पु¥याउने कार्य नगर्न महानगरले सूचित गरेको छ । त्यस्तै, सकड पेटीमा ढल तथा पाइप राख्ने गर्दा बनाइएको खाल्डो सम्बन्धित निकायले नै पुरेर ढलान वा पिच गर्नुपर्ने, सडकमा कुनै पनि निर्माण कार्य गर्नुपरे सकभर राती ८ बजेपछि मात्रै गर्नुपर्ने समेत महानगरले जनाएको छ ।

निर्माण गर्न लागिएको सडक वा पेटीमा घेराबारा लगाउनु पर्ने, संकेत चिन्ह राख्नु पर्ने र त्यसो नगरे महानगरले कुनै पनि बेला निर्माण सामग्री उठाएर लैजान सक्नेसमेत महानगरले जनाएको छ ।

यस्ताे छ सूचना :-

तपाईको प्रतिक्रिया